कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना अलपत्र पार्ने ठेकेदार पक्राउ

राजबहादुर शाही

मुगु — जिल्ला प्रशासन कार्यालयले पहिलो पटक ठेक्का सम्झौता गरेर योजना अलपत्रपार्ने कालिकोटका रस्मी निर्माण सेवाका प्रोपराइटर बर्मजंग बमलाई पक्राउ गरेको छ ।

योजना अलपत्र पार्ने ठेकेदार पक्राउ

गमगढीदेखि रारा विमानस्थलसम्मको ९ किलोमिटर सडक तीन वर्षसम्म ग्राबेल नगरेपछि प्रशासन कार्यालयले मंगलबार जुम्लाबाट बमलाई नियन्त्रण लिएर मुगु झिकाएको प्रशासन कार्यालयले जनाएको छ ।


सडक डिभिजन कार्यालय जुम्लाले २०६३ साल पुस २० गते ३८ लाखमा ठेक्का सम्झौता गरी २०७४ साल जेठ ३० गते भित्र सडक ग्राबेलको काम सम्पन्न गर्ने अबधि भए पनि अहिलेसम्म काम नगर्दा ठेकेदारलाई नियन्त्रण लिएको हो ।


गमगढी रारा विमानस्थलसम्मको सडक ग्राबेल गर्ने काम अलपत्र पारेको हुँदा सोधपुछको लागि बमलाई पक्राउ गरेको प्रजिअ उमाकान्त अधिकारीले बताए । कस्तो कारबाही गर्ने भन्ने विषय भने ठेकेदारको बयानबाट थाहा हुने प्रजिअ अधिकारीको भनाई छ । ठेकेदार बमले कालिकोटको खल्लागार्ड पुल पनि अलपत्र पारेको बताइएको छ ।




प्रकाशित : जेष्ठ २३, २०७५ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?