कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन 

काठमाडौँ — नेपाली कांग्रेसले नेताहरु दिलबहादुर घर्ती, शिवप्रसाद हुमगाई र श्रीमती शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

तीन नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन 

कांग्रेसले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सभापति शेरबहादुर देउवाले, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम नेताहरुलाई मनोनयन गरेको हो ।


त्यसैगरी दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरिएको छ ।


प्रकाशित : जेष्ठ २४, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?