सशस्त्र प्रहरी जवानको शंकास्पद मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनीमा कार्यरत एक जवानको शंकास्पद मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर

पकलीबाट झापाको अर्जुनधारा नगरपालिकामा विपद् पूर्व तयारी तथा खोज उद्धार सम्बन्धि सैद्धान्तिक तालिमका लागि गएको बेला खोटाङको दिप्लुङ ७ घर भएका २६ वर्षीय प्रहरी जवान अर्जुन बस्नेतको मृत्युु भएको प्रहरीले जनाएको छ।
बस्नेतको मृत्युको कारण अझै खुल्न सकेको छैन। अचेत अवस्थामा उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याए लगतै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।

Yamaha

उनलाई स्थानीय होटल बाहिर बिहीबार विहान अचेत भएर लडिरहेको अवस्थामा फेला पारेका थिए। सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमाण्डमा उनी सहित ११ जना झापाको अर्जुनधारा गएका थिए।

प्रकाशित : जेष्ठ २४, २०७५ १५:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र बिहीबार पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए ।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भने, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागित हुन्छ ।”

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित थिए । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया शुरु गरेको थियो ।

प्रकाशित : जेष्ठ २४, २०७५ १५:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT