कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

कमल पन्थी

गुलरिया — बैङ्गिक कसुर गरेको आरोपमा गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत भिम केसी विहीवार पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय, पाताभारका प्रहरीले पक्राउ गरेको हो ।

गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले काठमाडौंस्थित बैंकमा कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताए । प्रहरी प्रधान कार्यालयबाट आएको पत्रको आधारमा केसीलाई पक्राउ गरि वेलुकी ५ बजे त्यसतर्फ पठाइएको उनले जनाए ।


बैंकको नाम र कसुर गरेको बारे विस्तृत जानकारी जिल्लास्थित प्रहरीलाई आएको छैन । पत्रकै आधारमा उनलाई पक्राउ गरि काठमाडौं पठाउन लागिएको हो । पक्राउ परेका अधिकृत केसीले आफुलाई साथीले धोका दिई फसाएको बताएका छन् ।


प्रकाशित : जेष्ठ २४, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?