कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फौजदारी अभियोगमा सा‌ंसद निलम्बन नगर्ने निर्णय गलत : कमल थापा

प्रताप विष्ट

हेटौडा — राप्रपा अध्यक्ष कमल थापाले फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली पारित भएकाेमा आपत्ति जनाएका छन् । 

फौजदारी अभियोगमा सा‌ंसद निलम्बन नगर्ने निर्णय गलत : कमल थापा

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन प्रदेश ३ को युवा भेलाको शुक्रबार हेटौडामा उद्घाटन गर्दै अध्यक्ष थापाले सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको यस्तो कदमले राजनीतिक अपराधलाई बढवा दिने बताए ।


सरकारको सिफारिसमा बालकृष्ण ढुङ्गेललाई दिएको आममाफीको पनि विरोध गर्दै उनले भने, ‘यो सरकारले आस्थाको आधारमा अपराधीहरुलाई छुट दिदै आएको छ, यसले समाजमा नकरात्मक असर पर्छ ।’ उनले कम्युनिष्ट सरकार नेपालको संस्कृति सिध्याउन लागेको र राप्रपा बचाउन लागेको बताए ।


प्रजातान्त्रिक धारका शक्तिहरु एक अर्कामा मिल्नुको विकल्प नरहेको भन्दै थापाले फुटेर गएका सबै राप्रपालाई एकतामा आउन उनले आग्रह गरेका थिए । उनले कांग्रेसलाई प्रजातान्त्रिक विचारलाई स्पष्ट बनाएर राजतन्त्रको मुद्दा उठाएर एकतामा आउन आग्रह गरेका छन् ।


कार्यक्रममा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले अब राजनीतिमा युवाको भुमिका हस्तक्षेपकारी हुनुपर्ने बताएका थिए । पूर्व गृहमन्त्री समेत रहेका तामाङले नेपाललाई हिन्दुराष्ट्र बनाउन संघर्षमा उत्रने चेतावनी दिए ।

प्रकाशित : जेष्ठ २५, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?