कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिन अघि भित्रियाे मनसुन

अब्दुल्लाह मियाँ

काठमाडौँ — औसत समय भन्दा दुई दिन अघि शुक्रबार नेपालमा मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको हो । नेपालमा सामान्यतया जेठ २७ (जुन १०) देखि मनसुन सुरु हुन्छ । 

दुई दिन अघि भित्रियाे मनसुन

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुन क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ ।


साधारणतया १० जुनदेखि सेप्टेम्बर २३ सम्म नेपालमा मनसुनी वर्षा हुन्छ । यो चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि पनि भनिन्छ । उक्त अवधिमा वार्षिक वर्षाको करिब ८ सय ५ मिलिमिटर वर्षा हुन्छ ।


दक्षिण एसियाली मौसमविद्हरुको भारतको पुनेमा भएको १२ औं बैठकले यो वर्ष नेपालका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ ।


हरेक वर्ष मनसुन सुरु हुन अगावै विश्व मौसम संगठनको अगुवाईमा दक्षिण एसिया क्षेत्रका मौसमविद्हरुको बैठकले मनसुन सम्बन्धि दृष्टिकोण तयार गर्दै आएको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ सम्मको वर्षालाई सामान्य वर्षा मानिन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?