कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ लाखलाई रोजगारी महत्वकांक्षी : पूर्वअर्थमन्त्री पाण्डे 

काठमाडौँ — पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिवर्ष ५ लाख जनालाई रोजगारी दिइने भन्ने बजेटको घोषणालाई महत्वकांक्षी भन्दै कार्यान्वयनमा शंका व्यक्त गरेका छन् ।

५ लाखलाई रोजगारी महत्वकांक्षी : पूर्वअर्थमन्त्री पाण्डे 

‘लक्ष्य राम्रो हो, सुन्दा राम्रै लाग्छ । तर कार्यान्वयन पक्ष कत्तिको चित्तबुझ्दो छ भन्ने गहन प्रश्न हो’, सञ्चार केन्द्रले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पाण्डेले भने–‘बजेट महत्वकांक्षी छ ।’


बजेटले पत्रकारिता क्षेत्रलाई खासै नसमेटेको टिप्पणी गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेतासमेत रहेका पाण्डेले पत्रकारलाई श्रम ऐन अनुसार सुविधा दिन नसकेकोमा आलोचना समेत गरे ।


प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले विकास निर्माणका प्राथमिकताक्रम तोकिएको उल्लेख गर्दै भने–‘हाम्रो स्रोत साधन, सीमितता र आकांक्षाबारे पत्रकारिता जगतले गहिरो विश्लेषण गर्नु जरुरी छ । बजेटमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्दै जानेछ ।’


उपभोक्ता अधिकारवादी ज्योति बानियाँले श्रमजीवी वर्गको पक्षमा बजेट नरहेको टिप्पणी गरे ।


प्रकाशित : जेष्ठ २५, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?