कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

मेनुका ढुंगाना

अछाम — महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए । 

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको उनले जानकरी दिए । शव उत्खनन्‌का लागि प्रहरीको टोली शवस्थलमा पुगिसकेको छ ।


शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले जानकारी दिएको छ । सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको अछामको तुर्माखाद गाउँपालिका-४ जुया गाउँकी १८ वर्षीया पार्वतीको शनिबार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो ।


आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए । प्रहरीले खबर पाउँदा शव पोष्टमार्टम गर्नुपर्ने भएकाले गाउँलेले छाउ गोठमा नभइ घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घटना ढाकछोप गरेका थिए ।


कान्तिपुर दैनिकले छाउगोठमै मृत्यु भएको भनि समाचार प्रकाशित गरेपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरीलाई घटना बारे बुझ्न टोली घटनास्थल पठाउन लगाएको थियो । अछाममा छाउपडी गोठमा हालसम्म थुप्रै किशोरी तथा महिलाले ज्यान गुमाए पनि अधिकांशको शव पोष्टमार्टम नगरेरै दाहासंस्कार गर्ने गरिन्थ्यो ।


पार्वतीको शव उत्खनन् गरेर पोष्टमार्टम गरेपछि छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने प्रचलनमा कमी आउने यसका अभियान्ताहरुले विश्वास लिएका छन् । छाउपडी गोठमा ज्यान गुमाएकी महिलाको खाल्डोबाट शव निकालेर पोष्टमार्टम गरेको यो नै पहिलो घटना हो ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?