कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यक्रम बन्द गराइनु प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप : महासंघ

काठमाडौँ — प्रश्न सोधेकै आधारमा नेपाल टेलिभजनबाट प्रसारण हुने कार्यक्रम बन्द गराइएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर ‘सिधा प्रश्न’ कार्यक्रमका प्रस्तोता राजु थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा बन्द गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए ।

कार्यक्रम बन्द गराइनु प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप : महासंघ

प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ, 'प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ ।'


लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै महासंघले सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने कार्य भएको जनाएको छ । यस घटनाबाट सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध नरहेको समेत पुष्टि भएको जनाउँदै महासंघले तत्काल कार्यक्रम सुचारु गराउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।


विज्ञप्तिसहित


प्रकाशित : जेष्ठ ३०, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?