कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले माओवादीलाई फोहोरमा मिलाए : भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई एमालेजस्तो फोहोरमा लगेर मिलाएको आरोप लगाएका छन् । पार्टी स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उनले माओवादी नेता–कार्यकर्तालाई दाहालले आफूसँगै डुबाएको बताएका हुन् ।

दाहालले माओवादीलाई फोहोरमा मिलाए : भट्टराई

तत्कालीन माओवादी छोडेर हिँडेका भट्टराईले समाजवादी पार्टी बनाउन आफूले गरेको आग्रह दाहालले नमानेको प्रसंग पनि जोडेका थिए । ‘मैले राजीनामा दिएलगत्तै माओवादी आन्दोलनलाई विसर्जन गरेर समाजवादी धारमा जाऔं भनेको थिएँ, प्रचण्डजीले मान्नुभएन,’ उनले भने, ‘आन्दोलनलाई एमालेको पाउमा लगेर विसर्जन गर्नुभयो, फोरममा मिसाउनुभयो । नेता–कार्यकर्तालाई ढाँट्नुभयो ।’ भट्टराईले सबै वैकल्पिक राजनीतिक धारहरूलाई मिलाएर अघि बढ्ने बताए ।


कम्युनिस्ट र कांग्रेस पार्टी पुराना भएकाले वैकल्पिक राजनीतिक धार आवश्यक परेको उनको भनाइ थियो । दुई वर्षको अवधिमा नयाँ शक्तिबाट बाहिरिएका नेता–कार्यकर्तालाई उनले ‘काम नलाग्ने बीउ’ को संज्ञा दिए । आफूले विचारको बीउ रोपेको र त्यसमा केही भुस पनि मिसिएको उनको टिप्पणी थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?