कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रश्न सोध्न पाउने पत्रकारको अधिकार’

काठमाडौँ — नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गराएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रश्न सोध्न पाउने पत्रकारको अधिकार’

प्रतिष्ठान प्रदेश समितिका महासचिव बालकृष्ण अधिकारीले विज्ञप्ती जारी गर्दै सञ्चार मन्त्रीसँग सोधिएको प्रश्नकै आधारमा कार्यक्रम बन्द गराउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको ठाडो हस्तक्षेप भएको जनाएका छन् ।


लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने र प्रतिद्व सरकारका लागि झन यो सुहाउने विषय होइन,’ विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रमा हरेक नागरिकले राज्यका जिम्मेवार निकायसँग सभ्य ढंगले प्रश्न सोध्ने हैसियत र तागत राख्दछन् भन्ने राज्य सञ्चालनका तहमा रहेका व्यक्तिहरूका विषयमा उठेका प्रश्नको जवाफ खोज्नु र जनतालार्इ सूसुचित गराउनु सञ्चारकर्मी दायित्व हो,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित गराउनुले सरकार प्रेस अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ ।’


महासंघ प्रतिष्ठान प्रदेश समितिले तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त अधिकारको सम्मान गर्न नेपाल सरकार र सरोकारवाला निकायलार्इ आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?