कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

रासस

दमक — झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । 

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उनले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गरेका थिए ।


फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


यसअघि पनि ओली निवासमा बम विस्फोट भएको थियो । त्यस्तै, करीब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विस्फोटन गराइएको थियो । ती सबै बम विस्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?