कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दम्पतीद्वारा आत्महत्या 

प्यूठान — एक दम्पतीले विष सेवन गरेर आत्महत्या गरेका छन् । प्यूठानस्थित झिंमरुक गाउँपालिका–५ नेपानेका २३ वर्षीय शिरबहादुर जिसी र १७ वर्षीया सृष्टी जिसीले विष सेवन गरी शुक्रबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

दम्पतीद्वारा आत्महत्या 

आफन्तमा बिहे गरेको प्रहरीमा उजुरीपछि शुक्रबार झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीसहित प्रहरी चौकी मच्छिमा भएको छलफलले निकास ननिकालेपछि जिल्ला प्रहरी कार्यालमा पठाइएको थियो ।


विष सेवनपछि उनीहरुले जिल्ला प्रहरी कार्यालयभित्र वान्ता गरेका थिए । लगत्तै अस्पताल लैजाने क्रममा दम्पतीको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताए ।


प्रहरी नियन्त्रणमा रहेको बेला प्रहरीको लापरवाहीले गर्दा विष सेवन गर्ने वातावरण पाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् ।

आफन्तले शनिबार दिउँसोदेखि मच्चि क्षेत्रमा यातायात बन्द गराएर दोषी प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित : असार २, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?