संसद्‌मा मन्त्री नगएपछि बैठक स्थगित

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको छ ।

आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय महिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास र वत तथा वातारण मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा मन्त्री नभएको भन्दै विपक्षी दलका सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएपछि १५ मिनेटको लागि बैठक स्थगित भएको हो। आइतबार छलफल भएको मन्त्रालयका कुनै पनि मन्त्री बैठकमा उपस्थित थिएनन्। तर, छलफल नै नभएको स्वास्थ्य मन्त्रालयकी राज्यमन्त्री मात्रै पद्मा अर्यालमात्रै संसद्‌मा थिइन्।

Yamaha

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभा सञ्चालन गरिरहेको बेला मन्त्रीको उपस्थितिको प्रश्न उठेपछि उनले सरकारको उपस्थिति रहेको भन्दै सांसद सिंहलाई बस्न बारम्बार आग्रह गरे। प्रमुख प्रतिपक्षका सांसदहरु सबै उठेर विरोध जनाएपछि भने १५ मिनेट स्थगित हुने उनले सदनलाई जानकारी गराइन्।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद २ को नियम ६ को उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति रुपमा हुनु पर्ने व्यवस्था छ। त्यस्तै कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने नियमावलीमा व्यवस्था छ। नियमावलीमा भएको व्यवस्थालाई वास्ता नगरी मन्त्रीहरु मन्त्रालयगत बजेटमा छलफल हुँदा पनि बैठकमा उपस्थित हुँदैनन्। विपक्ष दललका सांसदले प्रश्न उठाएपछि बैठक १५ मिनेट स्थगित गर्नु परेको थियो।बैठक नै स्थगित भएपछि मन्त्रीहरु संसद् पुगेका छन्।

सदन नै खाली हुँदा पनि बैठक भने निरिन्तर चलिरहेको थियो। सांसदहरु बैठकमा हाजिर गरेर केही बाहिरिएका थिए भने केही खाजा खाना क्यान्टिनमा थिए। प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा परेका सांसदहरु भने प्रधानमन्त्री निवास बालुवाटर गएका थिए।

स्थगित बैठक सञ्चालन गर्न भने सभामुख कृष्णबहादुर महरा आफैं आइपुगे। बैठकको सुरुमै महराले सरकारको ध्यानाकर्षण गराए। ‘बैठकमा मन्त्रीको उपस्थित हुनु पर्दछ। मन्त्रालयको छलफल हुँदा सम्बन्धित मन्त्री सहभागी हुनु पर्ने व्यवस्था छ। आज विनियोजन बजेटको छलफलमा मन्त्रीको उपस्थिति नहुँदा स्थगित हुनु परेको हो,’ उनले भने, ‘यस विषय आगामी दिनमा नदोहोरियोस्।’

Esewa Pasal

प्रकाशित : असार ३, २०७५ १४:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भगवान पुकार्दै मनास्लु पदमार्गको यात्रा

वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाको अनुरोध
हरिराम उप्रेती

गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।

‘कतिखेर पहिरो जान्छ थाहा नै हुँदैन,’ लापुवेशीमा भेटिएका खच्चडवाला कान्छा गुरुङले भने,‘तल वुढीगण्डकी छ, माथि भिर छ, हिँड्दा हिँड्दै कहिले अगाडी, कहिले पछाडी पहिरो खसिरहन्छ, भगवान सम्झदै हिँड्ने गरेका छौँ ।’

उक्त पैदलमार्ग असुरक्षित भएपनि पहिरो छल्दै यात्रा गर्न बाध्य बनेको उनले बताए । पदमार्ग अन्तरगत अर्मलादेखि तातोपानीसम्म नेपाली सेनाले सडकको ट्रर्‍याक खोलेको छ । विस्फोटक पदार्थको धक्काले कमजोर भएको ढिस्का र पहरा लगातार पानी परेसँगै झर्न थालेको हो ।

‘हिँडन सक्ने अवस्था नै छैन, पानी पर्दा पनि पहिरो आउँछ, चर्को घाम लाग्दा पनि पहिरो आउँछ,’ लापुका कुमार गुरुङले भने,‘पहिरो भासिन लागेको छ की छैन माथि हेर्दै अनि कुद्ने हो ।’

पदमार्ग अन्तरगतको नौलीखोला, लापुवेशी, तातोपानी, माछाखोला लगायतका एक दर्जन ठाउँमा ठुला ठुला पहिरो जानुका साथै ढुङ्गा झरेका छन् । ‘तल मान्छे हिँडेको छ, माथिबाट ढुङ्गा झेरको झर्‍यै गर्‍यो, यसले निकै जोखिम वढायो,’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ।

गाउँपालिकाले दुई महिना उक्त पदमार्ग बन्द गर्न सुचना जारी गर्ने तयारी गरेको छ । ‘पदमार्ग जोखिम छ यो बाटो नहिँड्नु होला भनेर लेखिएको होडिङ वोर्ड आज भोली नै अर्मला र माछाखोलामा राख्छौँ,’ गुरुङले भने । गाउँपालिकाले वैकल्पिक र सुरक्षित मार्गको प्रयोगबाट आउजाउ गर्न पनि स्थानीयहरुलाई आग्रह गरेको छ ।

जोखिम बढेसँगै उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, चुम्चेत, सिर्दिवास, विहि, ल्हो, प्रोक, विहि, गुम्दा, केरौँला लगायत गाउँका स्थानीयहरुलाई आउजाउमा समस्या परेको छ । यस अघिका वर्षमा पनी उत्त पदमार्ग भएर यात्रा गर्ने पैदलयात्रीहरु ढुङ्गा खसेर घाइते हुने तथा ज्यान जानेसम्मका घटना दोहोरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले नेपाली सेनासँग समन्वय गरेर बर्खाको समयमा के गर्ने भन्ने विषय टुङ्गाउने बताए ।

प्रकाशित : असार ३, २०७५ १४:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT