कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार प्रदेश ३ को राजधानी हेटौंडामा बस्दै छ । जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा हुने बैठकमा भेलाका एजेन्डाका विषयमा छलफल हुनेछ ।

हेटौंडामा कांग्रेस केन्द्रीय समिति बैठक

हेटौंडामै मंगलबारदेखि जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सुरु हुँदै छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिहरूको भेलालाई परिणाममुखी बनाउने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बताए ।

जिल्ला सभापतिहरूले भने केन्द्रीय कार्यसमितिको यही बैठकमा महासमिति बैठकको मिति तोक्न माग गरेका छन् । संस्थापन पक्षले विभिन्न बहानामा महासमिति बैठक पछि धकेल्न सक्ने आशंका गर्दै संस्थापनइतर पक्षका जिल्ला सभापतिले तत्काल महासमिति बैठकको मिति तोक्न माग गरेका हुन् ।

यसअघि केन्द्रीय कार्यसमिति बैठकमा भदौभित्र महासमिति बैठक बोलाउने भनिए पनि मिति र स्थानको निर्णय गरिएको छैन । ‘विभिन्न बहाना झिक्दै बैठक पछि सार्न खोजिएको आशंका हामीलाई छ,’ काभ्रेका कांग्रेस सभापति मधु आचार्यले भने, ‘सोमबार बस्ने केन्द्रीय समितिले यो आशंका मेटाउने काम गरोस् ।’ केन्द्रीय कार्यसमिति बैठकबाट मिति तोक्ने काम हुन नसके जिल्ला सभापति भेलामा यो विषयलाई प्रमुखतासाथ उठाइने उनले बताए ।

प्रवक्ता शर्माले भने केन्द्रीय कार्यसमिति बैठकबाटै महासमिति मिति तोकिने सम्भावना कम रहेको बताए । ‘मंगलबारको बैठक सभापति भेलाको एड्भाइजरीजस्तो हो, यसैबाट महासमिति बैठक तोकिने सम्भावना कम छ,’ उनले भने ।

प्रकाशित : असार ४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?