कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. देवकोटाको शोकमा अमरज्योति स्कुल बन्द

हरिराम उप्रेती

गोरखा — प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको मृत्युको शोकमा मंगलबार उनले अध्ययन गरेको पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि लुइँटेलको पठनपाठन बन्द गरिएको छ ।

डा. देवकोटाको शोकमा अमरज्योति स्कुल बन्द

डा. देवकोटाले २०२६ सालमा उक्त विद्यालयबाट एसएलसी दिएका थिए । उनी त्यतिबेला ‘वोर्ड टेन्थ’ भएका थिए । चार कक्षासम्म घर नजिकैको सुदर्शन प्राविमा पढेका उनले पाँच कक्षाबाट अमर ज्योतिमा भर्ना भएका थिए । ‘एक मिनेट मौन धारण गर्‍यौ,’ विद्यालयका प्रध्यानाध्यापक गोविन्द खनालले भने, ‘राष्ट्रिय तथा अन्तरािष्ट्रय रुपमा विद्यालयलाई चिनाएको र उँहाले देखाएको बाटोमा अघि वढ्न विद्यार्थीलाई आग्रह गरेर आज पठनपाठन बन्द गर्‍यौ ।’

डा. देवकोटा उक्त विद्यालयका पूर्व विद्यार्थीहरुको समुहका संस्थापक अध्यक्ष पनि हुन् । सहपाठी नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराई प्रथम र देवकोटा सधैं दोस्रो हुन्थे ।

डा. देवकोटा बिरामी हुनु भन्दा १५ दिन अघि घरबाट हिडेरै विद्यालयसम्म पुगेको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बारे छलफल भएको प्रअ खनालले बताए । देवकोटा स्वास्थ्य मन्त्री हुँदा विद्यालयलाई एक लाख, पुरानो छात्रावास भवन मर्मत एक लाख सहयोग गरेको खनालले स्मरण गरे ।

डा. देवकोटाको जन्म २०१० साल पुस ४ गते शुक्रवार गोर्खाको लिगलिग पण्डित गाउँमा भएको थियो ।

पित्तनलीको क्यान्सबारबाट पीडित ६५ वर्षीय उनको उपचारको क्रममा सोमबार साझ ५ बजेर ३५ मिनेटमा बाँसवारीस्थित न्यूरो अस्प्तालमा निधन भएको हो ।

प्रकाशित : असार ५, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?