कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

काठमाडौँ — सोमबार निधन भएका प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटालाई उनी आफैंले स्थापना गरेको अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिइँदै छ । केही समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार साँझ ५.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा नै निधन भएको थियो ।

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)
डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचारपछि स्वदेशमै देहत्याग गर्ने इच्छाअनुसार गत वैशाख १५ गते मुलुक फर्किएका थिए । उनको पार्थिव शरीरलाई श्रद्घाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पतालमा राखिएको छ ।

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई श्रद्घाञ्जली दिन हिजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए । उनलाई श्रद्घाञ्जली दिन आज बिहानैदेखि न्यूरो अस्पतालमा परिवार तथा उनका शुभेच्छुकहरुको भिड लागेको छ ।

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

अस्पतालमा श्रद्घाञ्जली दिइएपछि उनको शवलाई नारायण गोपाल चोक, रिंगरोड हुँदै पशुपति आर्यघाट पुर्‍याई विद्युतीय माध्यमवाट दाहसंस्कार गरिने न्यूरो अस्पतालले जनाएको छ ।

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

उनको काजकिरिया हेपाली हाइटस्थित निवासमा श्रीमती मधु दीक्षित देवकोटा र छोरीहरु मेघा, वसुधा र मञ्जरीले गर्नेछन् । परिवारका अनुसार काजकिरिया ७ दिनमा सकिने छ ।

प्रकाशित : असार ५, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?