कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार घटना बढे

सुर्खेत — सुर्खेतमा बलात्कारका घटना बढेको एक प्रतिवेदनले देखाएको छ । ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनामध्ये सबैभन्दा बढी बलात्कारका छन् । 

बलात्कार घटना बढे

अधिकारवादी संस्था इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार यो अवधिमा बलात्कारका ९ वटा घटना भएका छन् ।


त्यस्तै प्रहरीबाट कुटपिटका दुई घटना भएको प्रतिवेदनमा जनाइएको छ । एक साताअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेविसंघले निकालेको विरोध र्‍यालीमा प्रहरीले जथाभावी कुटपिट गर्दा ९ कार्यकर्ता घाइते भएका थिए ।


त्यसैगरी वैशाख दोस्रो साता वराहताल गाउँपालिका–५ का ३० वर्षीय भक्तबहादुर सलामीलाई ४४ वर्षीय भवीसरा थापाले प्रहरी चौकी बड्डीचौरमै दिसा खुवाएर अमानवीय व्यवहार गरेको प्रतिवेदनमा जनाइएको छ ।


इन्सेकका अनुसार चैत ३० गते अज्ञात समूहबाट गुर्भाकोट नगरपालिका–४ का वडाअध्यक्षको कार्यकक्षमा आगजनी गरिएको थियो ।


उल्लंघनका घटना बढ्दै गएकाले मानवअधिकारको सम्मान गर्न सरोकारवालाले आग्रह गरेका छन् । सहभागीले राजनीतिक दल र जनप्रतिनिधिको हस्तक्षेपका कारण अर्धन्यायिक तथा प्रशासनिक निकायको काम–कारबाही र न्याय निरूपण प्रभावित बनेको बताए ।

प्रकाशित : असार ६, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?