ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

रासस

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो। त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

Citizen

यसैगरी, नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा पनि विद्युत् आपूर्ति बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ।

पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने प्रभावप्रति प्राधिकरणले क्षमा मागेको छ।

प्रकाशित : असार ८, २०७५ १९:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

३ नम्बर प्रदेशलाई नेवा: ताम्सालिङ नामकरण गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै काठमाडौंमा शुक्रबार प्रदर्शन गरिएको छ । नेवा : ताम्सालिङ समन्वय समितिको अगुवाईमा रत्नपार्क शान्तिवाटिकामा एक घण्टा धर्ना तथा कोणसभा गरिएको हो ।

प्रदर्शनमा विभिन्न दलका नेता, सामाजिक अगुवालगायत सहभागी थिए । कोणसभामा ऐक्यबद्धता गर्न पुगेका पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, राप्रपा नेता परशुराम तामाङले ३ नम्बर प्रदेशलाई नेवा-ताम्सालिङ नाम राख्न माग गरेका थिए ।

यसैगरी ताम्सालिङ सं‌युक्त संघर्ष समितिको संयोजक जय गोले तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ तामाङ, नेवा: दे दबुका महासचिव माइलाबाबु देउलालगायतले पनि साझा पहिचानमा आधारमा नामाकरण गर्नुपर्ने माग गरे ।

प्रकाशित : असार ८, २०७५ १९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT