कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेवा, शर्त र सुविधाको प्रतिस्थापन विधेयक संसदमा पेश

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक पेश गरेको छ ।

सेवा, शर्त र सुविधाको प्रतिस्थापन विधेयक संसदमा पेश

सरकारको सिफारिसमा वैशाख १३ मा यो विधेयक राष्ट्रपति विद्या भण्डारीले यो सहित अन्य चार वटा अध्यादेश जारी गरेकी थिइन् । संसद सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणिकरण गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ । यही व्यवस्था अनुसार कानुन मन्त्री शेरबहादुर तामाङले प्रतिस्थापन विधेयक बुधबार सदनमा पेश गरेका हुन् ।


अध्यादेश यसअघि नै सदनले स्वीकृत गरिसकेको छ । ‘यसलाई निरन्तरता दिनु पर्ने भएकोले प्रतिस्थापन विधेयक पेश गरिएको हो,’उनले भने । अब ११ दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणिकरण गरिसक्नु पर्ने हुन्छ । यदि राष्ट्रपतिबाट प्रमाणिकरण नभएमा अध्यादेश स्वत: खारेज भएको मानिन्छ ।

संसदमा मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिने क्रम जारी छ । आज संघीय मामिला, तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, पराराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनर्संख्या मन्त्रालय र रक्षा मन्त्रालयले जवाफ दिने कार्यसूची रहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा विदेशमा नेपालीको अवस्थाबारे जानकारी गराएका छन् ।


२० जना कोमा


११ कतारमा


२ जना दुबई


२ जना बहराईन


५ जना साउदीमा


जेलमा रहेका नेपाली


३३५ जना


चीनमा ३


इजरायलमा २ जना


बैककमा ३९ जना


सिंगापुरमा ४


कम्बोडिया १


दुबईमा ६३ जना


बहराईनमा ९ जना


ओमनमा २


लेबननमा १


साउदी अरेबियामा २१९

प्रकाशित : असार १३, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?