कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामी बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — उपचारको लागि जिल्ला अस्पताल सल्लेमा भर्ना भएकी एक बालिकालाई जबरजस्ती गर्न खोजेको अभियोगमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । मुसीकोट नगरपालिकाकी-१४ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको अभियोगमा प्रहरीले २४ वर्षीय अहेव चन्द्रकुमार मल्ललाई पक्राउ गरेको हो ।

बिरामी बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ 

अस्पतालमा उपचाररत बालिकालाई मल्लले बुधबार राति करिब ११ बजेतिर करणी प्रयास गरेको प्रहरीले जनाएको छ ।


शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबरजस्ती गर्न खोजेको बालिकाका आफन्तले आरोप लगाएका छन् । आफूमाथि करणीको प्रयास भएपछि भाग्न सफल भएको भनेर बालिकाले आफन्तलाई भनेपछि घटना सार्वजनिक भएको हो । बालिकाका आफन्तले बिहीबार जिल्ला प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा उजुरी आएलगत्तै मल्ललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । मल्लविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको उनले बताए ।


मल्ललाई शुक्रबार रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


आठबीसकोट नगरपालिका–१४, घेत्मा घर भएका मल्ल अस्पताल विकास समितिको कोषबाट तलब भत्ता खाने गरी तीन वर्षअघि करारमा नियुक्त भएका थिए । बालिकाको अझै जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि पनि उपचारको लागि भर्ना भएकी एक महिलामाथि दूर्व्यवहार भएको घटना बाहिर आएको थियो ।

प्रकाशित : असार १५, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?