कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगाबाट ६ किलो सुन बरामद

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौं आउँदै गरेको बा ९५ प ८१६४ को मोटरसाइकल जाँच गर्ने क्रममा आइतबार साँझ ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

नागढुंगाबाट ६ किलो सुन बरामद

कम्मरमा सुन बाँधेर ल्याएका मोटसाइकल चालक सिन्धुपाल्चोकका तेन्जिङ तामाङ समेत पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको नागढुंगा प्रहरीले बताएको छ ।


शनिबार पनि प्रहरीले नागढुंगाबाटै ३ किलो सुनसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । काठमाडौंबाट महेन्द्रनगर हुँदै भारत जान लागेको युके०२४६८४ नम्बरको कारबाट सुनसहित दुईजनालाई पक्राउ गरिएको हो ।


पछिल्लो समय चीनबाट नेपाल हुँदै भारत सुन लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ । यो घटनाबाट सुन तस्कारबारे केही थप सूचना पाउन सकिने प्रहरीको भनाइ छ ।

सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक


महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आइतबार सार्वजनिक गरेको छ । परिसरले पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।


सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई प्रहरीले सार्वजनिक गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कारको अगाडिको इन्जिनको माथि राखेको एयर फिल्टर बक्सभित्र तीनवटा बिस्कुट आकारको सुन लुकाएर भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । सुरुमा सवारी चालक दीपककुमार र कञ्चनपुरका मनोजलाई पक्राउ गरिएको हो । उनीहरुको बयानको आधारमा अन्यलाई पक्राउ गरिएको हो ।


पोखरेलका अनुसार असार १४ गते अशोक, चन्द्रमोहन र सन्जना धनगढी विमानस्थलबाट काठमाडौँ आएका थिए । दीपक र मनोज भारतीय नम्बर प्लेटको कार चढेर काठमाडौँ आएर जमलस्थित ‘एलो प्यागोडा’ होटलमा बसेका थिए । उनीहरु सुन तस्करीको योजना बनाएर भारत लैजाँदै गर्दा पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट कार र तीन किलोग्राम सुन बरामद गरेको छ ।


भन्सार ऐन, २०६४ को दफा ५७ (१) (ङ) अनुसार बिगोसहित एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ ।

प्रकाशित : असार १७, २०७५ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?