कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्नु : प्रशासन

एलपी देवकोटा

जुम्ला — डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उनको उपचारका कुनै कसर बाँकी नराख्नु भनी पत्र काटेको छ । 

डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्नु : प्रशासन

प्रशासनले सोमबार दिउँसो प्रतिष्ठानलाई पत्र पठाएपनि डा.केसीको उपचारमा संलगन चिकित्सकको टोलीले कभर्डहलमा उनको उपचार गर्न नसकिने बताइसकेको छ । उनलाई उजाड कभर्डहलमा राखिएको छ । प्रहरीले पक्राउ गरी उनलाई त्यहाँ राखेको हो । हलमा पानी, बत्ती, शौचालय लगायतका कुनै पनि सुविधा छैन ।


कभर्डहल फोहोर भएकाले डा. केसीको सामान्य उपचार समेत गर्न नसकिने चिकित्सक बताउँछन् । शनिबार दिउँसो तीन बजेदेखि प्रहरी हिरासतमै अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उजाड हलमा बन्दी सरह राखिएका डा. केसीको उपचार कभर्डहलमा सम्भव नभएको उपचारका लागि खटिएका डा.प्रविण गिरीले बताए ।


‘यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिँदैन, हलभित्र दिसा र पिसाबको मात्रै गन्ध आइरहेको छ,’ उनले भने, ‘बत्तीको व्यवस्था छैन, फोहोरैफोहोर भएको ठाउँमा उपचार गर्न सकिँदैन अस्पतालमा लिएमा मात्रै उनको उपचार हुन्छ । प्रशासनले अस्पताल लान दिएको छैन ।’


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सोमबार दिउँसो प्रशासन कार्यालयले डा.केसीको उपचारमा कुनै कमी आउन नदिन आग्रह गर्दै पत्र काटेको छ । प्रशासनले उपचारका कुनै कसर बाँकी नराख्नु पनि पत्र पठाएपनि अस्पताल लैजान नदिएकाले कभर्डहलमा डा. केसीको उपचार सम्भव नभएको शिक्षण अस्पतालले बताइसकेको छ ।

प्रकाशित : असार १८, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?