कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ-मुग्लिन सडक आज खुल्ने सम्भावना छैनः सडक आयोजना प्रमुख

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकको टोपे खोलामा गएको पहिरो हटाउन सोमबार नसकिने भएको छ । पहिरो आज सफा हुन नसक्ने भएपछि बाटो खुल्ने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । पहिरो हटाउन नसक्दा मुग्लिनबाट नारायणगढ जाँदै गरेका र नारायणगढबाट मुग्लिन आइरहेका हजारौं यात्री अलपत्र परेका छन् । 

नारायणगढ-मुग्लिन सडक आज खुल्ने सम्भावना छैनः सडक आयोजना प्रमुख

‘रातमा सफा गर्न गाह्रो हुन्छ । उज्यालोमा नै सफा गरेर भ्याउने अवस्था छैन । आज बाटो नखुल्ने सम्भावना प्रवल छ,’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने ।


हिजो रातिदेखि नै वर्षा भएका कारण नारायणगढ मुग्लिन सडकमा आज बिहानैदेखि यातायात प्रभावित भएको थियो । मध्यान्ह पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूर्ण रुपमा ठप्प भएको प्रमुख बिसुरालले बताए । ‘त्योभन्दा अघि जलबिरे, चार किलो, कालिखोला क्षेत्रमा साना साना पहिरो गएको थियो । एक तर्फी भए पनि गाडी चलेका थिए । तर टोपे खोलाको पहिरोपछि ठप्पै भयो,’ उनले भने ।


नारायणगढ मुग्लिन सडकलाई दुई लेनको फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर बाटो बन्द हुने गरेको छ । राजधानी काठमाडौं जोड्ने मुख्य मार्ग यो सडक हुँदै दिनमा हज्जारौं गाडी ओहोरदोहोर गर्छन् । पहिरोका कारण अघिल्लो सोमबारदेखि लगातार तीन दिन बाटोमा अवरोध भएको थियो । अघिल्लो मंगलबार ११ घण्टासम्म बाटो बन्द भएको थियो ।

प्रकाशित : असार १८, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?