कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर ४ को मृत्यु

मोहन शाही

डोटी — करेन्ट लागेर आदर्श गाउँपालिका-१, चासीमा ४ जनाको मृत्यु भएको छ । स्थानीय तीर्थ अवस्थीका अनुसार सोही वडाका जयबहादुर खड्का, हरि खड्का, विकु खड्का र वीरेन्द्र खड्काको मृत्यु भएको हो । बमबहादुर खड्का भने सख्त घाइते छन् । 

करेन्ट लागेर ४ को मृत्यु

घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । दिपायलबाट घटनास्थल पुग्न डेढ घण्टाको दूरीमा छ ।


वर्षाका कारण बाटो बिग्रेकाले प्रहरी घटनास्थलतर्फ हिँडेर गइरहेको छ । प्रहरीले घटनास्थल पुगेमात्रै घटनाबारे यथार्थ विवरण आउने जनाएको छ ।

प्रकाशित : असार १९, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?