२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

उजुरी अनुसारको बयान नदिनेलाई सजाय

हरि गौतम

रुकुम पश्चिम — रुकुम जिल्ला अदालतले आफैँले दिएको उजुरी दिएर अर्कै बयान दिने एक युवतीलाई कैद सजाय सुनाएको छ । 

उजुरी अनुसारको बयान नदिनेलाई सजाय

आफूमाथी जबरजस्ती करणी भएको भनेर प्रहरीमा उजुरी दिएर अदालतमा अर्कै बयान दिएकी त्रिवेणी गाउँपालिकाकी २४ वर्षीया ती युवतीलाई एक महिना कैद र एक हजार जरीवानाको फैसला अदालतले सुनाएको हो ।


जिल्ला न्यायाधीश काजीबहादुर राईको बुधबारको इजलासले उजुरीकर्तालाई एक महिनाको कैद सजाय र एक हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको निमित्त श्रेष्तेदार लक्ष्मण विकले बताए ।


‘श्रीमानको छोटो फैसलामा उजुरीकर्तालाई एक महिना कैद र एक हजार जरीवाना गर्ने उल्लेख छ, बाँकी कुरा फैसलाको पूर्ण पाठ आएपछि मात्रै खुल्ला,’ निमित्त श्रेष्तेदार विकले भने । सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २८ को २(क) बमोजिम उक्त फैसला भएको उनले बताए ।


उक्त अभियोगमा पक्राउ परेका नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले सफाई पाएका छन् । उनी विरुद्धको अभियोग पुष्टि हुन नसकेको भन्दै न्यायाधीश राईको इजलासले उनलाई सफाई दिएको हो ।


युवतीले आफूमाथि जवरजस्ती करणी गरेको भन्दै अध्यक्ष चिन्तन विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा प्रहरीले अध्यक्ष चिन्तनलाई गत जेठ २२ गते पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघसँग जोडिएको विषयलाई व्यक्तिगत रुपमा जोडेर गलत अभियोग लागेकाले आफूले सफाई पाएको अध्यक्ष चिन्तनले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : असार २१, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?