कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीमा पानीको बहाव बढ्यो, बनबसा पुलमा ठूला गाडी आउजाउ बन्द

भवानी भट्ट

कञ्चनपुर — पहाडी जिल्लाहरुमा भएको भारी वर्षापछि महाकाली नदीमा बुधबार एकाएक पानीको बहाव बढेको छ । बहाव निरन्तर बढ्नेक्रम जारी भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।

महाकालीमा पानीको बहाव बढ्यो, बनबसा पुलमा ठूला गाडी आउजाउ बन्द

महाकालीमा बाढी आएपछि बनबसा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा पनि रोक लगाइएको छ । बुधबार दिउँसो २ बजेबाट पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिकरदेव पन्तले बताए । उनका अनुसार ४ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक पुगेको छ ।


यो सिजनमा दोस्रो पटक पुलमा ठूला सवारी आवागमनमा रोक लगाइएको हो । गतसाता महाकालीमा बाढी आएका बेला पानीको बहाव १ लाख ४५ हजार क्युसेक पुगेको थियो । त्यतिबेला दुई दिन ठूला सवारी साधन आउजाउ बन्द गरिएको हो ।

‘जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौं’ उनले भने, ‘डडेलधुराको परिगाउँमा बाढी जोखिमको तह भन्दा धेरै माथि पुगेकाले बुधबार साँझसम्म अझै बढ्न सक्ने देखिन्छ ।’

प्रकाशित : असार २७, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?