हेटौंडा – कुलेखानी सडक अवरुद्ध
हेटौंडा — मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा– कुलेखानी सडकखण्डकाे इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिराे खस्दा हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ ।
काठमाडाैंबाट आएका सवारी साधन पहिरो नजिक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ ।
दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए।
प्रकाशित : असार २८, २०७५ ०८:३१प्रतिक्रिया