१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — लगातारको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र बीपी राजमार्ग बिहीबार बिहानदेखि अवरुद्ध भएको छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने रोशीखोला आसपासमा साना, साना पहिरो खस्दा बीपी राजमार्ग समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध
सिन्धुलीको फिक्कल गाउँपालिका–२, सुम्नामवेशी नजिक खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो ।

लगातार वर्षा भएकाले पहिरो पन्छाउन गाह्रो भएको प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पूर्वका ओखलढुङ्गा, भोजपुर, खोटाङ, सोलुखुम्बु लगाएतका जिल्लाबाट राजधानी आवत–जावत गर्ने सवारी साधन रोकिएका छन् ।


प्रकाशित : असार २८, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?