कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

(अपडेट) सिन्धुपाल्चोक जीप दुर्घटना ५ को मृत्यु , ८ घाइते 

अनिश तिवारी

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनामा ८ जना घाइते छन् । बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो ।

(अपडेट) सिन्धुपाल्चोक जीप दुर्घटना ५ को मृत्यु , ८ घाइते 

मृत्यु हुनेमा भोताङका स्थानीय ७५ वर्षीया भीमबहादुर तामाङ, ५५ वर्षका जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङको घटनास्थलमै मृत्यु भएको थियो । भोताङकै ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा भोताङ र मानेखर्कका राम लामा, खुशी तामाङ, सिरसानी तामाङ, सुस्मिता लामा, बिन्जुना तामाङ, मुनामाया तामाङ, जिम्मी वाइवा, अस्मिता श्रेष्ठ घाइते छन् । घाइते अधिकाशंको टाउको, हात, ढाड र घाटीमा चोट लागेको छ । उनीहरु मध्ये दुईको जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।


अविरल वर्षा र रातीको समयमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । उद्धारका लागि नाइट भिजन हेलिकप्टर आएपनि मौसम खराबीका कारण रित्तो फर्किएपछि अन्य सवारीसाधनबाट घाइतेलाई काठमाडाैं लगिएको इलाका प्रहरी मेलम्ची प्रहरी निरीक्षक परशुराम मल्लले बताए । ‘रातको २ बजे काठमाडौं महाराजगन्ज शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो,’ उनले भने, ‘घाइतेहरुको उद्धार गर्न नाइट भिजन हेलिकप्टर आएपनि मौसम नराम्रो भएपछि फर्कियो ।’


गाडी एक्कासी बन्द भएपछि सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

प्रकाशित : असार २९, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?