१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते 

हरि गौतम

रुकुम पश्चिम — गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१, स्थित सल्ले बसपार्कबाट मुलखोलातर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस शुक्रबार दिउँसो १ बजे मुलखोलामा दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१, छिङकी अन्दाजी २४ वर्षीया सपना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते 

घाइते १६ जनामध्य गम्भिर चोट लागेका ४ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने १२ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।


घाइतेहरु सबैको नाम ठेगाना खुलिसकेको छैन । बस दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल सल्लेबाट खलंगातर्फ आउने यात्रुहरु बसमा चढेको हुन सक्ने प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रयाण्मा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : असार २९, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?