कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले

सुधीर शर्माको राजीनामा स्वीकृत

काठमाडौँ — कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे । 

कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले

सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए । शर्मा १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहे ।


स्थापनाकालमा समेत कान्तिपुरसँग आबद्ध वाग्ले विसं २०६५ छाड्नुअघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक थिए । उनी नागरिक दैनिकमा समेत प्रधानसम्पादक थिए ।


‘उहाँ विविध कारणले यो पब्लिकेसन्सबाट दश वर्षअघि अलग हुनुभएको थियो,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमानदारी र व्यावसायिकताका कारण हामीले उहाँलाई फेरि फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाइ लिनेछ ।’


समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफूले ‘टिम वर्क’ मा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाइमा पुर्‍याउन सबैलाई साथ लिएर काम गर्ने बताए । ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें । यसबीच मैले सँगालेको अनुभव र सिकेको सीप प्रयोग गर्नेछु,’ उनले भने ।


निवर्तमान प्रधान सम्पादक शर्माले विगत दश वर्ष वाग्लेको उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि वाग्लेलाई नै आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा खुसी लागेको बताए ।


‘उहाँ सक्षम र अनुभवी हुनुहुन्छ,’ उनले भने, ‘खारिएको अनुभव र योग्यताबाट वाग्लेले कान्तिपुरलाई थप उचाइमा पुर्‍याउनेमा विश्वस्त छु ।’ समारोहमा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्भव स्वाँर सिरोहियालगायत विभिन्न विभागका प्रमुख तथा पत्रकारहरूको सहभागिता थियो ।

प्रकाशित : असार २९, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?