कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई जना सांसद उभिंदैमा सभा अवरुद्ध हुँदैन : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले एक/दुई जना सांसद उभिंदैमा संसदको नियमित कारवाही अवरुद्ध नहुने बताएका छन् ।

दुई जना सांसद उभिंदैमा सभा अवरुद्ध हुँदैन : ओली

'एउटा निहुँझिकेर दुईजना सांसद ठिंग उभिंदैमा संसदका सबै गतिविधि अवरुद्ध हुनेहुनु हुँदैन' नेकपाको ३ नं. प्रदेशका सांसदहरुसँग शुक्रबार भएको भेटका क्रममा उनले भने, 'नेपाली कांग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने भइरहेको छ । अब यस्तो हुँदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।'


प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई केही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्न नहुने समेत बताए । 'हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ' उनले भने ।


सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णतादिने बताए । 'साउनभित्र पार्टी एकीकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्ने छन्' उनले भने ।


उनले सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको पनि दोहोर्‍याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने पनि उनको भनाई थियो ।


प्रकाशित : असार २९, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?