कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहाव नघट्दा काेशीमा रातो बत्ती

प्रदीप मेन्याङ्बो

सुनसरी — सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार धिमा गतिमा घटेको छ । शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

बहाव नघट्दा काेशीमा रातो बत्ती

शुक्रबार साँझ १ लाख ७५ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो । उक्त बहाव यो वर्षकै सबैभन्दा बढी हो ।

पानीको बहावमा थोरै कमि देखिएपनि खतराको संकेत रातो बत्ति बालिएको छ । खतराको संकेतसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये २४ वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए । उनका अनुसार पानीको निरन्तर बहाव वृद्धि भए भारतीय पक्षसँग सल्लाह गरेर आवश्यकता अनुसार थप ढोका खुला गरिने छ ।


बहाव बढेर भएर रातो बत्तिले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् । ०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रति सेकेण्ड रहेको थियो ।

त्यसबेला सुनसरीको कोशी गाँउपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार विगाह भन्दा बढी खेती योग्य जमीन बालुवाले पुरेको थियो ।

प्रकाशित : असार ३०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?