कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीलाई समर्थन गर्न नेविसंघको टोली जुम्लामा

एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्न नेपाल विद्यार्थी संघको केन्द्रीय समिति जुम्ला पुगेको छ । 

डा.केसीलाई समर्थन गर्न नेविसंघको टोली जुम्लामा

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत केन्द्रीय टोलि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।


डा.केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपाली जनाता र विद्यार्थीका लागि लडिरहेकाले नेपाल विद्यार्थी संघले पनि ऐक्यबद्धता जनाएको उपाध्यक्ष अधिकारीले बताए । ‘आइतबार जुम्लामा बृहत विरोधसभा र धर्ना लगायतका कार्यक्रमहरु गर्ने छौँ’ उनले भने, ‘डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत सरकारले कुनै वास्ता गरेको छैन ।’

मार्सी चामलको भात खाएर मेडिकल कलेज खोल्न अनुमति दिने आश्वासन दिएको सरकारले मार्सी चामल पाइने ठाउँमा डा.केसी १५ दिनदेखि भोक भोकै बस्दा समेत सरकारले कुनै चासो नदिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

प्रकाशित : असार ३०, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?