कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिज्ञले अस्पताल संचालन गर्दा विकृति : स्वास्थ्य मन्त्री

रासस

काठमाडौँ — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् ।

राजनीतिज्ञले अस्पताल संचालन गर्दा विकृति : स्वास्थ्य मन्त्री

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा सोमबार बोल्दै यादवले भने, ‘नेताजीहरूले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एकखाले प्रदूषण भित्रिन थालेको छ ।’


उनले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रूपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।


कांग्रेस नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने भन्दै त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गरे ।


उनले अस्पताल प्रशासन स्वयम्ले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेट उपयोग हुन नसकेको टिप्पणी गरे । धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पुर्‍याउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : असार ३२, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?