कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षमा छब्बीस गैंडा मरे

रासस

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैंडा मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुँधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैंडा मरेका हुन् । 

एक वर्षमा छब्बीस गैंडा मरे

गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैंडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैंडा मरेको उनले बताए ।


२०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करले गैंडा मार्न भने सकेका छैनन् । अन्य कारणले वर्षेनी मर्ने गैंडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए ।


आव २०७२/७३ मा अन्य कारणबाट १५ वटा गैंडा मरेका थिए । अन्य कारणले मर्ने गैंडाको संख्या बढ्दै गएपछि अनुसन्धान सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।


चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैंडा छन् ।

प्रकाशित : श्रावण १, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?