१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एकै दिन बाँडियो एक करोड !

काठमाडौँ — समाज कल्याण परिषद्ले आर्थिक वर्षको अन्तिममा ३३ वटा संघ/संस्थालाई हचुवामा एक करोड रुपैयाँ दिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं परिषद्की अध्यक्ष थममाया थापाको निर्देशन अनुसार आर्थिक वर्ष २०७४/७५ को ९९ लाख ७५ हजार रकम असार अन्तिममा बाँडिएको हो । रकम पाउनेमा धेरैजसाे मन्त्री थापा निकटका संस्था भएकाे स्राेतकाे दाबी छ । 

एकै दिन बाँडियो एक करोड !

परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टले मन्त्री एवं परिषद्की अध्यक्ष थापाको अध्यक्षतामा असार २१ गते बसेको कार्यसञ्चालन समितिको वैठकले निर्णय गरिएअनुसार रकम बाँडिएको बताए । ‘हामीले एक्लै बाँडेको होइन’, भट्टले मंगलवार कान्तिपुरसित भने, ‘प्रस्तावहरु अध्ययन गरेर नै बाँडेका हौं ।’ बजेट फ्रिज हुन दिनुभन्दा आवको अन्तिममा भए पनि रकम बाँड्नु उपयुक्त हुने देखेर निर्णय गरिएको भट्टले जीकिर गरे ।

आर्थिक वर्ष २०७२/७३ देखि नै रोकिएको रकम यो वर्ष बाँडिएको हो । भट्टले परिषद्को वार्षिक बजेट अनुसारै रकम बाँडिएको बताए । असार अन्तिममा आएर बाँडिएको रकमबाट के काम भयो भन्ने अनुगमन भने गर्न सकिने उनले बताए ।

रकम पाउने संस्थाहरु :


प्रकाशित : श्रावण १, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?