कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषालु च्याउ खाएर फेरी एकको मृत्यु, एक सातामा एकै वडाका तीनको ज्यान गयो 

दुर्गालाल केसी

दाङ — बिषालु च्याउ खाएर घोराही उपमहानगरपालिका १९ पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्तीको मृत्यु भएको छ । सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीको उपचारका क्रममा मंगलबार विहान कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु च्याउ खाएर फेरी एकको मृत्यु, एक सातामा एकै वडाका तीनको ज्यान गयो 

उनलाई राती नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । बिषालु च्याउ खाएर एक सातामा एकै गाउँका तीन जनाको मृत्यु भएको छ । आइतवार पाँचपोखरीकै १९ बर्षीय बालाराम घर्ती र असार २९ मा ५ बर्षीया प्रशंशा घर्तीको मृत्यु भएको थियो ।


हालसम्म जिल्लामा बिषालु च्याउ खाएर ४५ जना बिरामी परेका छन् । दिनहुँ बिषालु च्याउ खाएर बिरामी हुनेहरु बढिरहेकाले सतर्क हुनुपर्ने राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेण्डेण्ट डा. बिनोद सिंहले बताए । च्याउ चिनेर मात्रै खान उहाँले सबैलाई अनुरोध गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी जंगली च्याउ बिक्री बितरण गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७५ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?