कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरक संस्कृतिको सम्मान गर्नुपर्छ : उपसभामुख

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सबै जातजातिले फरक संस्कार र संस्कृतिको सम्मान गर्नुपर्ने बताएकी छन् । 

फरक संस्कृतिको सम्मान गर्नुपर्छ : उपसभामुख

किरात याक्थुङ चुम्लुङलगायतका संघ संस्थाले आदिवासी लिम्बू समूदायको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा मंगलबार ललितपुरमा गरेको कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङ्फेले हरेक जातजातिले फरक संस्कार र संस्कृतिको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

‘संविधानमै हामीले आफ्ना अधिकारहरु लिपिबद्ध गरिसकेका छौं,’ उनले भनिन्, ‘अब आफ्नो संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहज भएको छ ।’


नेपालमा फरक–फरक संस्कृति बोकेका आदिवासी जनजातिको बाहुल्यता रहेको बताउँदै उनले संस्कार जोगाउने दायित्व सबैको बराबरी भएको उल्लेख गरिन् ।


विगतमा आदिवासी जनजातिहरु आफ्ना अधिकार जोगाउन आन्दोलन गरेको स्मरण गर्दै उनले सिसेक्पा तङ्नामले भाषा, संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।


प्रकाशित : श्रावण १, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?