कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको जीवन रक्षाको माग गर्दै राँको फालियो

एलपी देवकोटा

जुम्ला — १८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा खलंगामा नागरिक संघर्ष समितिले राँको फ्याँकेर सरकारको विरोध गरेको छ । 

डा.केसीको जीवन रक्षाको माग गर्दै राँको फालियो

संघर्ष समितिले कृष्ण मन्दिर अगाडि राँको बालेर डा. केसीको लुतोपाउडो, रोग फाल्दै जुम्लामा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने भन्दै विरोध गरेको हो । उनीहरुले राँको जिल्ला प्रशासन कार्यालयतर्फ फ्याँकेका थिए ।


डा. केसी चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने मागसहित जुम्लामा अनशनमा छन् ।


जुम्लामा राँको बालेरै साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व मनाइँदैछ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।

साउन १ गते असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । तर जुम्लामा मेडिकल माफियाको विरुद्धमा लुतोपाउडो फालिएको छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।

प्रकाशित : श्रावण १, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?