कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकामा अलपत्रमध्ये २ घर फर्किए

‘२२ महिनाअघि अमेरिका जान भनी हिँडेका थिए’

काठमाडौँ — अमेरिका जान भनी घरबाट २२ महिनाअघि हिँडेका र अफ्रिकी मुलुक नाइजेरिया पुगेर अलपत्र बनेका २३ नेपालीमध्ये २ जना बुधबार नेपाल फर्कने भएका छन् । 

अफ्रिकामा अलपत्रमध्ये २ घर फर्किए

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै जनही ३५ लाख रुपैँया उठाएर काठमाडौंबाट दिल्ली–बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो ।


लेगोश शहरमा अलपत्रमध्ये ६ जना भने अघिल्लो महिना नेपाल फिरेका थिए । बिचल्ली पर्नेमध्ये बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा बुधबार काठमाडौं आइपुग्दैछन् ।


पीडितका आफन्तले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा जेसन श्रीस(राजु), बैंकक बस्ने गोविन्दराज भारती(राज) र धोजेन्द्र दगामी मगरले मानव तस्करीको एजेन्ट काम गरेकाले निजलाई पक्राउ गर्न तथा बिचल्ली नेपालीलाई घर फिर्ता गराउन आग्रह गरिएको थियो ।


बिचल्ली परेका नेपालीलाई घर फिर्ता गराउन र कूटनीतिक तहमा कानूनी प्रकृया समन्वय गर्न गैर आवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले लेगोसमा सहयोग गरेका थिए ।


घर फिर्न तयार भएका दुई नेपालीको ओभरस्टे जरिवाना भने गैर आवासीय नेपाली संघ, नाइजेयिाले तिरिदिएको छ ।


बिचल्ली परेर पनि घर फर्कन नचाहने कामदारलाई मानव तस्करले केहीलाई लेगोसका भित्री वस्ती र केहीलाई भने ब्राजिल, कोलम्बिया स्थानान्तरण गरिसकेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?