कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] जुम्लामा प्रहरीकाे गाेली लागेर प्रहरी नै घाइते

एलपी देवकोटा

जुम्ला — जुम्लामा आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ । अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज र गाेली प्रयाेग गरेकाे छ । प्रहरीकाे गाेली लागेर अर्का प्रहरी घाइते भएका छन् । उनकाे छातीमा गाेली लागेकाे छ । 

[अपडेट] जुम्लामा प्रहरीकाे गाेली लागेर प्रहरी नै घाइते

गाेली लागेर घाइते प्रहरीकाे जुम्लामै उपचार भइरहेकाे छ । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् । समाचार स‌ंकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन् ।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन् । केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए ।

प्रकाशित : श्रावण ३, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?