स्तब्ध जुम्ला !

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जुम्ला पनि स्तब्ध भएको छ । बिहीबार दिनभर तनावग्रस्त बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सुनसान छ ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने लगायतका मागहरु राखेर २० दिनसम्म प्राडा. गोविन्द केसी आमरण अनसन बसेको स्थलमा प्रहरीले बल प्रयोग गरेपछि रणभूमि जस्तै देखिएको थियो।


प्रहरीले अस्पतालको गेटमा रहेका चिकित्सक र विद्याथीलाई सुरुमै लाठी बर्साउँदै भित्र प्रवेश गरेपछि तनाव श्रृजना भएको थियो।


हिजो दिनभर रणभूमि बनेको अस्पताल अहिले सुनसान जस्तै देखिएको छ। भौतिक संरचनासहित फर्निचर, बेड र उपकरणहरुमा समेत क्षति पुगेको छ। प्रहरीले बल प्रयोग गरेर अस्पताल भित्रका गेटहरु फुटाएको थियो। अस्पतालमा रहेका चिकित्सक, विद्यार्थी, बिरामीका कुरुवा र बिरामीलाई समेत लाठी बर्साएको प्रहरीको त्रास अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन।


अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु ठप्प छन्। आकस्मिक कक्षमा पनि बिरामीहरु त्रसित बनेर बस्नु परेको बिरामीका कुरुवाले बताए। हिंसात्मक क्षेत्र जस्तै देखिएपछि बिरामीहरु पनि अस्पताल गएका छैनन्।


बिरामीले समेत शान्त मनले उपचार गर्न नपाउने यो कस्तो लोकतन्त्र आएको हो बुझ्न नसकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन्। ‘सरकारले अस्पताल जस्तो संवेदना क्षेत्रलाई युद्धभुमी बनायो,’ उनले भनिन्, ‘यो घटनाको जिम्मा सरकारले लिनुपर्छ। प्रदेश सरकार र संघीय सरकार मुख्य दोषी हुन्। अस्पताल भित्रै छिरेर यति धेरै बल प्रयोग गर्नु आवश्यक थिएन।’

प्रकाशित : श्रावण ४, २०७५ ११:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थागित

नगेन्द्र अधिकारी

हेटौंडा — प्रमुख विपक्षी कांग्रेसले अवरोध गर्ने संकेत पछि प्रदेशसभा बैठक स्थागित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित गरेको सूचना टाँस गरेको हो ।


शुक्रबार बिहानको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख बिपक्षी का‌ंग्रेसले आफ्ना मागहरु सम्बोधन नभए आज पनि अवरोध गर्ने जनाएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवाको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरिएकाे विरोधमा बिहीबारको प्रदेश सभा बैठक कांग्रेसले अवरुद्ध गरेको थियो। अवरोध लगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए।

दुई सातापछि बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश हुने कार्यसूची थियो। बैठकमा ‘मुख्यमन्त्री–मन्त्रीको पारिश्रमिक तथा सुुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भएपनि स्थगित भएका कारण हुन सकेन। प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका आर्थिक विधेयक, विनियोजन विधेयक र कर तथा गैर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो।

प्रकाशित : श्रावण ४, २०७५ ११:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT