कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा सुतेर सदन, सरकार हल्लाउने काम भइरहेको छ : मुख्यमन्त्री पौडेल

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनशनरत डा. गोविन्द केसीलाई लक्षित गरी सडकमा सुतेर सरकार हल्लाउने काम भइरहेको आरोप लगाएका छन् ।

सडकमा सुतेर सदन, सरकार हल्लाउने काम भइरहेको छ : मुख्यमन्त्री पौडेल

आदिवासी जनजाति पत्रकार महासंघको ३ नं प्रदेश भेलामा बोल्दै उनले सञ्चारमाध्ययम पनि त्यसैको पछि लागेको आरोप लगाए । ‘एउटा मान्छे सडकमा सुत्छ, सरकार र सभालाई हलाउँछ र मिडिया पनि त्यसैको पछि लाग्छ,’ उनले भने, ‘मिडियाले सरकारले गरेका राम्रा काम देख्दैदेखेन ।’ बिहान उठ्दा सकरात्मक खबर सुन्न र पढ्न नपाएको भन्दै उनले कहाँबाट यस्तो भइरहेको छ भन्ने खोज्नुपर्ने बेला आएको बताए ।


मुलुक समृद्धिको दायित्व सञ्चारमाध्ययमको पनि भएको उनले बताए । १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग आफैंमा जायज नभएको भन्दै उनले विदेशी विद्यार्थीबाट आउने पैसा गुम्ने र पढ्नकै लागि विदेश जाने नेपालीको कारण रकम बाहिरिने तर्क गरे । एमबीबीएस हुने, खानेले पढ्ने विषय भएको तर्क गरेको उनले बिनाविश्लेषण आन्दोलन भएको दाबी समेत गरे ।



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कानुन बन्ने क्रममा रहेकाले पत्रकारका विषय पनि त्यसमा समेटिने आश्वासन दिए । प्रदेशसभा सदस्य कुमारी मोक्तान, जीवन डंगोल, फोनिजका अध्यक्ष डण्ड गुरुङ, ३ नं प्रदेश संयोजक समिर बलामीलगायतले आदिवासी जनजाति पत्रकारको हितको विषयमा चर्चा गरेका थिए ।


प्रकाशित : श्रावण ४, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?