कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन सुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए ।

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिनेछ ।

‘समायोजनमा संघ, प्रदेश र स्थानीय तह कहाँ जान चाहेको हो, त्यसबारे अनलाइनबाटै फाराम भर्न सक्नेछन्,’ अधिकारीले कान्तिपुरसँग भने, ‘साउन तेस्रो साता औपचारिक प्रक्रिया सुरु हुन्छ ।’ संघ र प्रदेशमा रहने मन्त्रालय र विभाग/निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर टुंग्याइएको छ । भर्खरै मन्त्रिपरिषद्बाट स्वीकृत ओएन्डएमअनुसार संघमा ४५ हजार ८ सय १५ र ७ वटा प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् । संघमा रहने विभाग र निकायको संख्या अनुमान गरिएभन्दा निकै बढेपछि अघिल्लो पटक गरिएको आकलनभन्दा संघमा कर्मचारी संख्या १५ हजार बढेको हो ।

स्थानीय तहमा ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय तहमा रहने अस्थायी दरबन्दी स्वीकृत भएकाले समायोजन प्रक्रिया अघि बढाउन सकिने अधिकारीले बताए । स्थानीय तहमा १० हजार कर्मचारी अपुग देखिन्छन् । ७ सय ५३ मध्ये ७३ स्थानीय तह प्रमुखविहीन छन् । उपसचिवको दरबन्दी रहेका ती निकायमा अधिकृतले काम चलाइरहेका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?