कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार अधिनायकवादतर्फ : कोइराला

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् । 

सरकार अधिनायकवादतर्फ : कोइराला

उनले दुई तिहाईको दम्भमा सरकार विपक्षीहरुको कदर गर्न छाडेको बताए । ‘विरोधीहरुको कदर गरे मात्रै मुलुक सम्वृद्धितिर जान सक्छ,’ उनको भनाई थियो ।


३६औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज आएका नेता कोइरालाले गुटउपगुटमा लागेर कांग्रेस अगाडि बढ्न नसक्ने दाबी गरे । उनले राजनीतिमा नैतिकता गुमेको गुनासो गरे ।

प्रकाशित : श्रावण ६, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?