कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुनमन्त्रीको आपत्तिजनक अभिव्यक्तिको भर्त्सना

काठमाडौँ — कानुनमन्त्री शेरबहादुर तामाङ र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत युवतीप्रति लक्षित आपत्तिजनक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । तामाङले आफ्नो अभिव्यक्तिका बारेमा विज्ञप्तिमार्फत माफी मागिसकेका छन् । 

कानुनमन्त्रीको आपत्तिजनक अभिव्यक्तिको भर्त्सना

‘केही समययता चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा जारी बहस र आन्दोलनक्रममा सत्ता पक्षधर केही व्यक्तिबाट अभिव्यक्त आपत्तिजनक धारणालाई गम्भीर रूपमा लिएका छौं’, कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणा निन्दनीय र आपत्तिजनक छन् ।’

प्रकाशित : श्रावण ६, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?