कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

रमेशकुमार पौडेल

चितवन — पुर्वी चितवनको खैरहनी नगरपालिकामा पर्ने लदरी खोलामा सोमबार पौडी खेल्न गएका तीन किशोरीहरु मध्ये डुबेर दुईजना किशोरीको ज्यान गएको छ ।

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार निधन हुनेमा खैरहनी नगरपालिका–३ का १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विक रहेका छन् । सोमबार मध्यान्ह घटना भएको थियो ।


उनीहरुसँगै पौडी खेल्दै गरेकी अस्मिता गौतमको सकुशल उद्दार भएको छ । ‘गाउँलेले बालिकाहरु डुबेको खबर गरेपछि प्रहरीको टोली उद्धारका लागि तत्कालै घटनास्थल गएको थियो । खोलाबाट निकालेर उपचारका लागि ल्याएकामध्ये दुईजनाको ज्यान गएको । अर्को एकजना अस्मिता गौतमको भने उपचार भइरहेको छ । उनको अवथ अहिले सामान्य छ’ डिएसपी ढकालले भने ।


करुणा र रिया खैरहनी नगरपालिका–३ बस्ने रवि बिकका छोरीहरु हुन् । अस्मिताको घर भने ललतपुर इमाडोल रहेको प्रहरीले जनाएको छ । खोलामा वर्षासँगै बाढी आउने क्रम बढेका कारण पौडी खेल्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधरणलाई अपिल गरेको छ ।


प्रकाशित : श्रावण ७, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?