कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पाको अरेसमा पहिरोले गोठ पुर्दा तीन जनाको मृत्यु भएको छ । आइतबार रातिको वर्षाका कारण सुनील स्मृति–८ फूलधारामा रहेको उक्त गोठ पहिरोमा पुरिँदा स्थानीय १८ वर्षीया चमेली पुन, १२ वर्षीय ओबी घर्ती र १८ वर्षीय हुमे घर्तीको मृत्यु भएको हो । गोठमा सुतेको अवस्थामा उनीहरुको मृत्यु भएको हाे । 

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

घटनाबारे जानकारी पाएपछि गाउँले भेला भएर भत्किएको गोठभित्रबाट शव निकालेका थिए । प्रहरीका अनुसार घरमा खाना खाएर गोठभित्र रहेका बस्तुभाउ हेरचाह गर्न उतै सुत्न गएको बेला पहिरोमा पुरिएका थिए ।


गाउँदेखि उक्त गोठ टाढा भएकाले उनीहरुको तत्काल उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । मारिएका सबै आफन्त हुन् ।


पहिरोले पुरिएको उक्त गोठ स्थानीय हस्ते पुनको हो । गोठदेखि माथिबाट पहिरो खसेको हो । गाउँपालिका केन्द्र सुलीचौरदेखि घटनास्थल करिब १२ किलोमिटर टाढा पर्छ ।


पहिरोमा परी अघिल्लो महिना दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिकाको सैवाङमा घर पुरिदा तीन जनाको मृत्यु भएको थियो ।

त्यसबेला नवजात शिशु, सुत्केरी महिला र एक किशोरीको मृत्यु भएको थियो । रोल्पामा भारी वर्षा हुँदा खसेको पहिरोबाट मानवीय क्षति निरन्तर भइरहेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?